गोबिन्द महतो / जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

महेश प्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रालय, सुरिता कुमारी साह सामाजिक विकास तथा सत्रुधन प्रसाद महतो सिंह गृह तथा सञ्चार मन्त्री नियुक्त भएका छन् ।

सिंगाासन सा कलवार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद आलम महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् । मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएका थिए ।

यसैगरी शेख अब्दुल कलाम ‘आजाद’ सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् । राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री सरोज कुमार यादवले सपथ ग्रहण गराएका थिए । सपथ समारोहमा सभामुख रामचन्द्र मण्डल तथा प्रदेशसभा सांसदहरुको सहभागिता रहेको थियो ।

माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । माओवादीले दूई वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरत प्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन ।

मुख्यमन्त्री यादवले हाललाई उद्योग, पर्यटन तथा वन मन्त्रालय आफै मातहत राखेका सरकार विस्तार गरेका छन् । माओवादीको भागमा परेका मन्त्रालय हाललाई थथावत राखि सरकार विस्तार गरेको हो ।

२०७९ माघ २०, शुक्रबार १८:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय