
अनिल कुमार साह / तिनकौरिया
अवैद्य रुपमा नेपाल भित्राएको माछा सशस्त्र प्रहरीले पक्राउ गरी नष्ट गरेको छ ।
धनुषाको विदेह नगरपालिका ९ वैदेही स्थित नेपाल भारत सिमा नजिकैबाट अवैद्य रुपमा भित्राईएको माछा पक्राउ गरी नष्ट गरिएको हो ।
सशस्त्र प्रहरी क्याप महिनाथपुरबाट सशस्त्र प्रहरी निरिक्षक सोमकुमार राईको कमाण्डमा खटिएको पैदल गस्ति टोलीले अवैद्य रुपमा नेपाल भित्राउन गरेको १ क्विन्टल २० केजी मँगु माछा नष्ट गरिएको हो ।
विदेह नगरपालिकाको जनप्रतिनिधि, पशु क्वारेन्टाईन कार्यालय, नेपाल प्रहरी तथा पत्रकारको उपस्थितिमा नष्ट गरिएको हो ।
विदेह नगरपालिका १ का वडाध्यक्ष संजय पाण्डेय, पशु सेवा क्वारेन्टाईन जनकपुरका प्राविधिक रामकिशुन महतो लगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी निरिक्षक सोम कुमार राईले जानकारी दिए ।