गोविन्द महतो / जनकपुरधाम

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदले आज पूर्णता पाएको छ । माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
नेकपा एमालेबाट ४ मन्त्री, जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री सहित ३ मन्त्री र जनतम पार्टीबाट २ मन्त्री र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री सरकारमा सामेल भएसंगै सरकारले पूर्णता पाएको छ ।

मधेश सरकारमा ४ जना राज्य मन्त्रीलाई समेत सामेल गरिएको छ । यो सँगै मधेश सरकारको मन्त्रिपरिषद १५ सदस्यीय बनेको छ ।
४ वटै दलबाट सरकारमा २ जना महिलाले र ३ जना मुस्लिम समुदायबाट स्थान पाएका छन् । पछिल्लो सरकारमा एक जना महिलाले मात्रै सरकारमा स्थान पाएकी थिइन्, त्यो पनि राज्यमन्त्री मात्रै । जसको कडा आलोचना समेत भएको थियो ।

वर्तमान सरकारमा २ महिला र ३ जनालाई मुस्लिम समुदायबाट प्रतिधितित्व गराएर प्रशांसा बटुलिरहेको सरकारले दलित सहभागिता भने गराउन सकेको छैन । त्यस्तै, जिल्लागत हिसाबले पनि मन्त्रिपरिषद समावेशी नरहेको भन्दै आलोचना भइरहेको छ । १५ सदस्यीय मन्त्रिपरिषदमा ५ जना रौतहटबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले अवसर पाएका छन् ।

बारा जिल्लाले मुख्यमन्त्री पाएको छ । मन्त्रिपरिषदमा महोत्तरी र सप्तरीले २÷२ वटा मन्त्री पाउन सफल भएको छ । सर्लाहीले एक मन्त्रालय, पर्साले एक मन्त्री र एक राज्य मन्त्री पाएको छ । सिरहाले एक मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

मधेश सरकारमा दलितको सहभागिता नगराइएको भन्दै आलोचना भइरहँदा मुख्यमन्त्री सरोजकुमार यादवले यसको दोष पार्टी नेतृत्व पंक्तिलाई दिएका छन् । ‘दलले मलाई जुन नेताको नाम उपलब्ध गरायो, उहाँलाई नै मैले मन्त्रिपरिषदमा सामेल गर्ने हो’ मुख्यमन्त्री यादवले भने, ‘यसको दोष मलाई नलगाउनुस् । जानुस् केपी ओली, प्रचण्ड, उपेन्द्रजीलाई यो प्रश्न गर्नुस् ।’

यी हुन मधेशका मन्त्री

१. सरोज कुमार यादव मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
२. सरोज कुमार यादव भौतिक पूर्वाधार तथा विकास मन्त्री
३.संजय कुमार यादव अर्थ मन्त्रालय
४. बसन्त कुमार कुशवाहा भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री
५. सुनिता यादव उद्योग, पर्यटन तथा वन मन्त्रालय
६. महेश प्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य
७. सूरिता कुमारी साह समाजिक विकास मन्त्रालय
८. सत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार मन्त्रालय
९. सिंहासन सा कलवार खानेपानी तथा उर्जा विकास मन्त्रालय
१०. राजकुमार लेखी कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय
११. मो. वयद आलम महिला, बालबालिका यु्वा तथा खेलकूद मन्त्रालय
१२. रहबर अन्सारी उद्योग, पर्यटन तथा वन राज्य राज्यमन्त्री
१३. संजय कुमार यादव भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
१४. शेख अबुल कलाम आजाद समाजिक विकास राज्यमन्त्री
१५. केशव राय गृह तथा सञ्चार मन्त्री

२०७९ माघ २४, मंगलवार १८:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय