
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताएका छन् ।
मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको समेत बताए । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक रहेको प्रचण्डको भनाई छ ।
नेपाली वस्तुलाई सहज रूपमा बजार दिन माग प्रधानमन्त्री प्रचण्डले माग गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए ।