काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने राष्ट्रिय जनमोर्चाले निर्णय गरेको छ ।

फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



साथै, बैठकले उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ । अध्यक्ष चित्रबहादुर केसीका अनुसार उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।



जनमोर्चाले उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र इसाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष केसीले बताए ।

२०७९ फाल्गुन ३०, मंगलवार ११:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय