
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ सिएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना विजनेश फोरममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले व्यापार र लगानीमैत्री नीति बनाइरहेको छ । हामीले हाम्रा नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्द्धन र सुरक्षा गरिरहेका छौँ ।’
प्रधानमन्त्री प्रचण्डले नेपालको व्यापार नीति वैदेशिक लगानीमैत्री रहेको भन्दै वैदेशिक लगानी बढाउन सरकार अग्रसर रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको करसीमा न्यून रहेको र व्यावसायिक वातावरण राम्रो भएको बताए ।
उनले स्वदेशी र विदेशी लगानीकर्तामा कुनै पनि विभेद नगरिने पनि प्रतिबद्धता जनाए । उनले विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको समेत बताए ।
नेपालमा लगानी विस्तार गर्नको लागि चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्री प्रचण्डको आग्रह गरे।