
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेका कांग्रेस स्रोतले बतायो ।
कांग्रेसको बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुने बताईएको छ ।
चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् ।