काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् ।

मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एक-दुई जनालाई मिलाउनुपर्ने अध्यक्ष ओलीले बताए ।



उनले भने, ‘यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’



ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताए । उनले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताए । ओलीले संविधानमा राष्ट्रपति उपराष्ट्रपतिबारे स्पष्ट फरक लिङ्ग हुनुपर्ने भने पनि सत्ता गठबन्धनले त्यसलाई अस्वीकार गरेको बताए ।

अध्यक्ष ओलीले नेकपा एमाले मुलुकमा सबल राष्ट्रिय शक्ति निर्माण गर्न लागे पनि विरोधीहरू त्यसलाई असफल पार्न लागिरहेको बताए ।

२०७९ फाल्गुन ३०, मंगलवार १८:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय