काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको परराष्ट्र मामिला सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार चालिसेलाई परराष्ट्र सल्लाहकार र अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।



पूर्व राजदूत समेत रहेका चालिसेले आफू राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा नियुक्त भएको जानकारी दिए ।



चालिसेले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकारका रुपमा काम गरिसकेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् ।

२०७९ फाल्गुन ३०, मंगलवार १९:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय