
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ ।
भेटवार्ता केही बेरअघि सुरु भएको हो ।
प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।