
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटेका छन्।
बुधवार बिहान भएको भेटमा प्रदेश प्रमुखहरू तिलक परियार, अमिक शेरचन, परशुराम खापुङ लगायतले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका छन् ।