वीरगन्ज  ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै विद्यार्थी नेताहरू आन्दोलित बनेका छन् ।

नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारीको नेतृत्वमा विद्यार्थी नेताहरू क्याम्पस परिसरमा मंगलबार अपरान्ह ३ बजेदेखि धर्ना दिँदै अनसनमा बसेका हुन् ।

अनसनमा नेविसंघ,अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका हुन् । स्ववियु निर्वाचन निष्पक्ष र यथावत मितिमै हुनुपर्ने माग राखेर अनसनमा बसेको विद्यार्थीहरूले बताएका छन् । चुनाव निर्वाचन समितिले तोकेको चैत ८ मै हुनुपर्ने माग आफूहरूको रहेको विद्यार्थी नेताहरूको भनाइ छ ।

२०७९ चैत्र १, बुधबार १२:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय