
काठमाडौं : सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, गृह र कनून मन्त्रालयका प्रतिनिधिलाई समेटेर वार्ता समिति गठन गरेको हो।
वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामाला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।
चारसदस्यीय वार्ता समितले मिटरब्याज पीडितसँग समस्या समाधानका लागि छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले मिटर ब्याज पीडितसँग भेटवार्ता गरेर छलफल गर्ने तयारीसमेत भएको बताइएको छ।