
गोविन्द महतो / जनकपुरधाम
धनुषामा एक १० वर्षिया बालिका बलात्कृत भएका छिन् । धनुषाको सबैला नगरपालिका स्थित एक नीजि विद्यालयका शिक्षकले बालिका माथि चाउचाउको प्रलोभन देखाएर बलत्कार गरेको हो । बालिका बलत्कार गर्ने शिक्षक र बलात्कृत बालिका एउटै विद्यालयमा पढ्ने र पढाउने गरेको थियो ।
गत मंगलवार स्कुलको टिफिन समयमा शिक्षकले बालिकालाई नजिकैको किराना पसलमा चाउचाउ किनेर दिएर बलत्कार गरेको हो । स्कुल छेउको किराना पसलमा चाउचाउ किनेर नजिकैको एक नीजि क्लिनिक क्लिनिकको शौचालयमा लगेर बलत्कार गरेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
घटनामा संलग्न अनुसन्धान अधिकृतले स्कुलमा पढाउँदै आएको जितेन्द्र यादवले बालिका विभिन्न प्रलोभन देखाएर बलत्कार गरेको स–प्रमाण भेटिएको जानकारी दिए । उनले भने, ‘क्लिनिकको शौचालयमा लगेर बलत्कार गरेको केही व्यक्तिहरुले भिडियो खिचेको छ । भिडियो खिचेर केही व्यक्तिहरुले कारवाहीको लागि गुनासो गर्न स्कुलमा आएपछि घटना बाहिरिएको हो ।’
सुरुमा नीजि स्कुलका प्रिन्सिपलले घटनालाई मिलाउन खोजेको र पछि घटना नमिल्ने देखेपछि ईलाका प्रहरी कार्यालय सबैलामा उजूरी दिएको प्रहरीको भनाई छ । अनुसन्धान संलग्न अधिकृतले भने, ‘आरोपित जितेन्द्र यादव बालिकाको घर भएको स्थानमा गएर घण्टौ बस्ने तथा उसको अगाडी पछाडि गर्ने गरेको परिवारलाई पहिल्यै थाहा थियो ।
परिवारले स्कुल समक्ष गुनासो समेत गरेको थियो । गुनासो पश्चात स्कुलको रोहवरमा सबैपक्ष मिलेर मिलापत्र समेत भएको थियो । मिलापत्र पश्चात आरोपित यादव बालिकाको अगाडी पछाडि गर्न रोकिएपनि स्कुलमा पढ्न गएको बेला चाउचाउ, विस्कुट, चकले किनेर दिने र मौकाको दाउँ खोजिरहेको बेलामा यस्तो घटना हुन पुगको हो ।’
ईलाका प्रहरी सबैलाका प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले अभियुक्त घटना पछि फरार भएको तीन दिनपछि पक्राउ परेको बताए । उनले भने, ‘घटना भएकै हामीले जानकारी पश्चात स्कुलमा गयौं, तर हामी पुग्नुभन्दा पहिले नै अभियुक्त फरार भईसकेका थिए । अनुसन्धान गर्दे जादा धेरै कोणबाट कहाँ जान सक्छ, कहाँ हुन सक्छ ? जस्ता प्रश्नहरुलाई पछयाउँदै तीन दिनको प्रयासबाट सिरहाको बन्दीपुर स्थित स्थित बल्टिया भन्ने स्थानबाट पक्राउ गरेका हौं ।’
उनले भने, ‘हामीले घटनाको जानकारी साथ घटना स्थल पुग्यौं तर अभियुक्त फरार भैसकेको थियो । हामीले खोज्न सुरु ग¥यौं । तर सहज थिएन । तैपनि दिनरात नभनी खोज्यौं । आखिर हाम्रो टिमले पक्राउ ग¥यो ।’ पक्राउ परेका आरोपित यादवलाई हाल ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भईरहेको प्रहरी निरिक्षक देवकोटाले जानकारी दिए ।