
गोविन्द महतो /
जनकपुरधाम : मधेश प्रदेश सरकारको भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । मधेश प्रदेशका भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाले मधेश प्रदेशको किसानको लागि सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको हो ।
मधेश प्रदेशमा दिनानुदिन मिटर ब्याजीको समस्या दिनानुदिन विकराल हुँदै गएको र मिटर ब्याजीबाट सबैभन्दा बढी पिडित किसान भएकोले राहतका लागि सस्तो र सुलभ रुपमा ऋण उपलब्ध गराउन लागिएको अन्नपूणर्लाई जानकारी दिए । उनले भने, ‘मधेश प्रदेशको अधिकांस जनता कृषि निर्भर रहेकोले उनीहरुको समस्या सम्बोधनका लागि तथा किसान कार्यका लागि काठमाण्डौंका बैंक व्यवस्थापन पक्षसंग साकारात्मक छलफल भएको छ ।
बैंकको तर्फबाट पनि सहुलियत दरमा ऋण उपलब्ध गराउन साकारात्मक कुराकानी भएको छ ।’
उनले भुमीहिन किसान देखि निम्नवर्गीय, साना देखि ठुला किसानको कृषि कार्य तथा खाद्य उपजबाट सञ्चालन हुने उद्योग, कृषि, उपजको बजारीकरण र बीउँविजनको खरिद विक्रिका लागि ऋण उपलब्ध गराउन लागिएको हो । ऋणको सही सदुपयोगको लागि कृषि सेवा केन्द्र, कृषि विज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा काँल सेन्टर समेत सञ्चालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने मन्त्री कुशवाहाको भनाई छ ।
उनले भने, ‘कृषकको हरेक समस्या सामाधानको लागि मन्त्रालयले पहल गर्छ । खाद्य मल देखि बिउँबिजन तथा खाद्य उत्पादनलाई उद्योगमा परिणत गर्ने सम्मको सहयोग किसानलाई मन्त्रालयले गर्छ ।’