जनकपुरधाम : मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जनकपुरमा चैत्र १६ गते भएको हिन्दु-मुस्लिम समुदाय बीचको झडपले धनुषा जिल्लामा उत्पन्न भएको समस्यालाई तुरन्त समाधान गरी शान्ति-सुरक्षाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मधेश प्रदेशको भ्रमणमा रहेको अध्यक्ष डा.दत्तले जिल्ला प्रशासन कार्यालय, धनुषामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संगको बैठकमा चैत्र १६ गते रामनवमीको दिन हिन्दु सम्राट सेनाले निकालेको र्र्याली मस्जिदको क्षेत्रमा पुग्दा दुवै समुदाय बीच उत्पन्न भएको समस्याले सामाजिक सदभाव तथा शान्ति-सुरक्षामा खलल परेको हुनाले सो आगामी दिनमा नदोहरिने गरी समाधानको उपाय निकाल्न निर्देशन दिएका छन् ।

अध्यक्ष डा.दत्तले आयोगमा सो घटनाको दर्जनौ उजुरी आएको र सो घटना निकै संवेदनशील भएकोले गर्दा सो घटनाको दोषीलाई पहिचान गरी तुरुन्त कारवाहीको दायरामा ल्याउन समेत निर्देशन दिएका छन् ्रअध्यक्ष डा.दत्तले दुवै समुदायलाई संयमता अपनाएर आगामी दिनमा धार्मिक क्रियाकलापहरु गर्न र सामाजिक सद्भाव कायम राख्नको लागि आ-आफ्नो तर्फ बाट योगदान दिन समेत आग्रह गरेका छन् ।

सो बैठकमा अध्यक्ष डा.दत्त सहित प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरका कर्मचारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अनुसन्धान प्रमुख सहितको उपस्थिति रहेको थियो ।

jnk2

२०७९ चैत्र १७, शुक्रबार १७:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय