काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले बारा २ मा उपेन्द्र यादवसँग सहकार्य गर्ने कि आफ्नै उम्मेदवार तय गर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन् ।

‘अबको उपनिर्वाचनमा पार्टीगत हिसाबले कसरी अघि बढ्ने भन्ने कुनै छलफल भएको छैन । हामी आज बैठक बस्छौं र एउटा निष्कर्षमा पुग्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सोनलले भने ।

राजेन्द्र महतोको उम्मेदवारी व्यक्तिगत कि पार्टीगत हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘राजेन्द्र महतो महन्थ ठाकुरपछि दोस्रो वरियताको नेता हो । त्यसैले उहाँले बोलेको कुरा आधिकारिक हुँदैन भन्न मिल्दैन । तर कतिपय कुरा व्यक्तिगत पनि छन् । बारा २ मा लड्ने कि नलड्ने पार्टीले निर्णय गरिसकेको छैन ।’

राजेन्द्र महतोले कुनै पनि क्षेत्रमा लड्छु भनेमा असहज नहुने पनि सोननले बताए । उनले थपे, ‘निर्वाचन भनेको हजारको बजार हो । यो राजनीतिक चाडबाड पनि हो । यसमा राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरुले भाग लिन्छन् । तर लोसपा कुनै अमूक पार्टीले गर्यो भन्दैमा लहैलहैमा लाग्दैन । लोसपा जनमत पार्टी होइन । संख्यामा घटबढ होला । तर जिम्मेवार राजनीतिक पार्टी हो । महतोले पार्टीमा प्रस्ताव राखे हामी उहाँको पक्षमा वातावरण बनाउन सक्छौं ।’

२०७९ चैत्र १९, आईतवार १०:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय