
काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्ले एक–दुई दिनमा पूर्णता पाउने बताएका छन्।
माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले मन्त्रिपरिषद्ले केही दिनमै पूर्णता पाउने बताए।
सम्बोधनका क्रममा उनले भने, ‘सरकारले करिब–करिब पूर्णता पाएको छ। आजभोलि नै शतप्रतिशत हुन्छ।’
प्रधानमन्त्री दहालले संसदबाट दोस्रो पटक विश्वासको मत लिएको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ल पूर्णता पाउन सकेको छैन।
प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद् बिस्तार गरे पनि पूर्णता पाएको छैन। कांग्रेस, जसपा र जनत पार्टीले मन्त्री पठाएपछि मात्र दाहाल सरकारले पूर्णता पाउँछ। गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले ४, जसपा र जनमतले १–१ मन्त्री पठाउन बाँकी छ।
प्रधानमन्त्री दहालल्े अब सरकारको ध्यान ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा हुने बताए । उनले यो पटकको नीति कार्यक्रम र बजेट परम्पराभन्दा भिन्न बनाउने दाबी गरे।
यस्तै, प्रधानमन्त्री दाहालले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने भएकाले यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने उल्लेख गरे।