
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ।
घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो।
कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाउँदा रिङ्कु सिंह ५८ रनमा अविजित रहे। तर, टिमलाई हारबाट उनीहरुले जोगाउन सकेनन्।
कोलकातालाई सस्तैमा समेट्ने क्रममा हैदरावादका मार्को जनसन, मयङ्क मारकान्डेले समान दुई दुई विकेट लिए भनेभुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो।
हैदरावादका ह्यारी ब्रुकले १०० रनको अविजित शतकीय पारी खेल्दा कप्तान एडेन माक्ररमले ५० रन जोडे। कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए। यो खेलसँगै कोलकाता ४ खेलमा ४ अंककासाथ तालिकाको चौथो स्थानमा र हैदरावाद ४ खेलमा ४ अंककासाथ सातौँ स्थानमा छ।