काठमाडौं: नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतले खड्काविरुद्ध सोमबार पक्राउ पुर्जी जारी गरेको हो।

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले सोमबार खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

खड्काविरुद्ध २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्का २०७१ माघमा आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका थिए। थुप्रै विवादमा मुछिएपछि २०७४ असोजमा सरकारले उनलाई पदच्युत गरेको थियो।

सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि उपस्थित नभएपछि विशेष अदालतले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

२०८० बैशाख ४, सोमबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय