जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले स्वास्थप्रति ध्यान दिनु अनिवार्य रहेको बताएका छन् ।
मंगलबार धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा भएको तेस्रो गोदार गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सभामुख मण्डलले बालबालिकादेखि यूवा, प्रौढसम्मलाई खेलकुदप्रति ध्यान दिएमा शरीर वृद्धावस्थासम्म स्वस्थ रहने बताए ।
उनले खेलकुदप्रति सरकार गम्भिर रहेकाले यसका लागि सरकारलाई थप बल पुग्ने गरि अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि पहल गर्ने बताए । उनले जनकपुरधाममा बनिरहेको अन्तर्राष्ट्रिय रंगशालाले मुलुकभरका यूवाहरुलाई खेलप्रति आकर्षण गर्ने बताए । उनले विश्वका कतिपय मुलुक खेलकुदकै कारण आफ्नो परिचय स्थापित गरेकाले यसका लागि पनि खेलकुद रंगशाला आवश्यक रहेको स्पष्ट पारे ।
जित हासिल गरेका महाविर स्पोर्ट टिम खजुरीलाई सभामुख मण्डलले धन्यवाद समेत दिएका थिए ।
प्रतियोगिताको अन्तिम खेलमा पेनाल्टी सुटआउटमा महाविर स्पोर्ट टिम खजुरीले ५/३ को अन्तरले जित हासिल गरेको छ । सामुदायिक विकास मञ्च गोदारलाई पराजित गरेका थिए ।
यस खेलमा १० वटा खेल टिमको सहभागिता रहेको थियो ।