गोविन्द महतो / जनकपुरधाम

मधेश प्रदेश सरकारले किसानहरुको लागि कृषि विकास योजनाको खाका अघि सारेको छ । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री ईन्जिनियर बसन्त कुशवाहाले किसानहरुको लागि दिर्घकालिन, अल्पकालिन र मध्यकालिन गरी कृषि विकासे योजनाहरु अघि सारेका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, कृषि तथा अर्थ मन्त्रालयका प्रमुख पदाधिकारी सम्मिलित बैठकबाट मधेश प्रदेशका तीन चरणको योजना तथा कार्यक्रमहरु समावेश गरी किसान विकासका योजनाहरु अघि सारेको हो । आर्थिक बर्ष २०८०÷०८१ मा कृषिमा ठुला परियोजना तथा कार्यक्रमका लागी संघीय मन्त्रालय मार्फÞत योजना अघि बढाउन संघीय सरकारलाई आग्रह गरेको भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री ईन्जिनियर बसन्त कुशवाहाले बताए ।

कृषि विकासका लागि सुरुवात गरेको योजनाहरु ः–

– मधेश प्रदेशको हरेक वार्ड (१,२७०) वडामा जैविक मलखाद उद्योग स्थापना गर्ने ।
– हरेक पालिका (१३६) मा साना कृषि बजार ब्यवस्थापन गर्ने ।
– हरेक निर्वाचन क्षेत्र (३२) मा ठुला कृषि बजार व्यवस्थापन गर्ने ।
– हरेक निर्वाचन क्षेत्र (३२) मा ५०० टन माथीको कोल्ड स्टोर स्थापना गर्ने ।
– हरेक निर्वाचन क्षेत्र (३२) मा कृषि औजार कस्टम हायरिंग सेण्टर गर्ने ।
– हरेक जिल्ला (८) मा कृषि पर्यटन का लागी पूर्वधार बिकास गर्ने ।
– हरेक जिल्ला (८) मा घुम्ती माटो परिक्षण शिविर गर्ने ।
– हरेक जिल्ला (८) मा घुम्ती भेटनरी एम्बुलेन्स सेवा गर्ने ।
– किसान कार्ड तथा किसान पेनशनको ब्यवस्थापन गर्ने ।
– सुलभ तथा सहुलियत ऋणको ब्यवस्थापन गर्ने ।
– वालीनाली तथा पशु पन्छीको बीमा गर्ने ।
– कृषि विद्युतीकरण, सिचाई तथा निःशुल्क कृषि मीटर जडान गरिने ।
– खेती प्रणालीलाई सेटेलाई डिजिटल सिस्टमसंग जोड़्ने ।

– मधेश प्रदेशका कृषि उत्पादनका लागी काठमाण्डौ उपत्यकाभित्र बजार क्षेत्र निर्माण गर्ने ।
कृषिमा देशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यका साथ संघीय, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी आगामी योजनाहरु परिचालन गर्ने तीनै तहको सरकारको समन्वयन रहने मन्त्री कुशवाहाले बताए ।

२०८० बैशाख ६, बुधबार १३:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय