
काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुने भएका छन्।
कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ ।