
नेपालवाणीे / जनकपुरधाम
चन्द्रनगरका दिनहिन मुसहर समुदायलाई बसोबास गर्दै आएको स्थानको जग्गा धनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । सर्लाहीमा पहिलो पटक नापी कार्यालय सर्लाहीले जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ । नापी कार्यालय मलंगवाले पहिलो पटक चन्द्रनगर गाउँपालिका ४ स्थित गढाटोलमा लालपुर्जा वितरण गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
सोमवार बिहान दलित बस्तीमा ४५ जना घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लाल पुजार्) वितरण गरेको छ । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा पुस्तौपुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लकको जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो ।
लापुर्जा बुझदै स्थानिय नागेन्द्र महराले आफुहरुको पुर्खाले वर्षौदेखि जोगभोग गर्दै आएको जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा पाउनु सौभाग्य भएको बताए । उनले भने, ‘मेरो बुवाको समयमा लालपुर्जा थिएन, बुवाले धेरै दुःख गर्नुभयो, तर जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गर्न सक्नु भएन, तर अब अहिले आएर जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएका छौं । स्वभाविक हामी अब जग्गा धनी भएका छौं ।’
अर्का स्थानीय माझी मुसहरले तिन पुस्ता सम्म पनि जग्गाधनी दर्ता प्रमाण पत्र नपाउँदाको दुःखमा यो जग्गा धनी प्रमाणपत्रले मातृत्व भुमीप्ति थप स्नेह थपिएको बताए । चन्द्रनगर ४ बस्ने संझा देवी माझीले बर्षौवर्ष देखी जग्गा बिहिन भएर बस्न बाध्यताको पिडा बल्ल समाप्त भएकोमा खुशी व्यक्त गरिन् । गाउँ ब्लकको जग्गामा आफुहरुको जोतभोग तथा उपभोगको जग्गा आफ्नो नाममा आएपछि खुशीको सिमा नरहेको बताईन् ।
विगत १५ वर्ष सम्मको गाउँ ब्लकको जग्गाहरु नापी भएपनि जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी हुन सकेको थिएन् । वर्ष दिन नुहँदै नयाँ स्थानीय सरकार आएपछि चन्द्रनगर गाउँपालिकाको पहलमा सर्लाहीमा पहिलो पटक गाउँपालिकामै जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण भएको नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले बताए । नापी कार्यालयमा गाउँपालिका अध्यक्ष महतोले सर्लाहीको २० वटै पालिकाहरु मध्ये पहिलो भुमिहिनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको बताए ।
गाउँपालिका अध्यक्ष महतोले गाउँ ब्लकको लालपुर्जा वितरण हुनु भनेको चन्द्रनगरको लागि शुभ संदेश भएको बताए । राष्ट्रिय भुमी आयोग अन्तर्गत चन्द्रनगरमा लगत संकलन भइसकेको हुदाँ आवश्यक प्रकृया पु¥याई भूमीहिन, दलित, सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिने गाउँपालिका अध्यक्ष महतोले बताए ।