
नेपालवाणी / जनकपुरधाम
मधेशको किसानलाई लक्षित गरी व्यवसायिक रुपमा खेती तथा किसानी गर्न चाहने कृषकहरुको लागि तालिम सञ्चालन गर्न लागिएको छ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा व्यवसायीक खेती तथा पशुपालन गर्ने किसानहरुलाई निःशुल्क तालिम दिन लागिएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा तालिम केन्द्रहरुमा किसानहरुको लागी जेष्ठको पहिलो साता देखि तालिम सञ्चालन गर्न लागिएको जनाएको छ । यही जेष्ठ महिनामा संचालन हुने तालिमहरुमा सहभागी हुने इच्छुक किसानहरुले बैशाख २२ गते भित्र सम्पर्क गर्न मन्त्रालयले अनुरोध छ ।
तालिममा सञ्चालन हुने विषय र स्थान ः–
१) मत्स्य प्रशोधन तथा पोष्ट हार्भेस्ट (७ दिन)
स्थानः पशु सेवा तालीम केन्द्र, जनकपुरधाम
२) ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम (३५ दिन)
स्थानः पशु सेवा तालीम केन्द्र, जनकपुरधाम
३) व्यवसायिक कुखुरा पालन तालिम (७ दिन)
स्थानः पशु सेवा तालीम केन्द्र, जनकपुरधाम
४) कृषि यन्त्र संचालन एवं मर्मत संभार तालिम (७ दिन)
स्थान ः कृषि प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र, नक्टाझिज, धनुषा