File : Photo

काठमाडौं : देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“हिजो अस्तिको तुलनामा आज केही कम वर्षा हुने देखिएको छ । तर, वर्षा भने हुन्छ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “आज वाग्मती प्रदेशको काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ । बिहानको समयमा काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम देखिन्छ । तर, मध्याह्नदेखि भने वर्षा हुनेछ ।”

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

२०८० बैशाख १९, मंगलवार ०७:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय