
काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नियन्त्रणमा लिने क्रममा उनको घरको ढोका नै फुटेको रहस्य खुलेको छ ।
बुधबार बिहान काँग्रेस नेता समेत रहेका खाँणलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । सो क्रममा खाँणको घरको ढोका नै फुटाउनु परेको स्रोतले जनाएको छ ।
प्रहरी पुगेपछि कसैलाई फोन गर्न कोठाभित्र छिरेका खाँणले ढोका खोल्न आनाकानी गरेको बताइएको छ। त्यसपछि प्रहरीले खाँण बसेको कोठाको ढोका नै फोडेर नियन्त्रणमा लिइएको हो ।
सो क्रममा केहीबेर प्रहरी र खाँणबीच घम्साघम्सीसमेत भएको प्रहरी स्रोतले जनाएको छ ।