महोत्तरी :  ” पृथ्वीको संरक्षणः दिगो प्रकृती मैत्री जिवनयापन, दिगो विकासको आधारः पर्यावरणिय न्यायमा महिलाको नेतृत्व अधिकार” भन्ने नाराका साथ  महोत्तरी ५१ औं विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जलेश्वर डिभिजन वन कार्यालयको आयोजना तथा महिला पुर्नस्थापना केन्द्र ( ओरेक) महोत्तरीको समन्वयमा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाको अध्यक्षतामा, वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीको प्रमुख आतिथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा ओरेक महोत्तरीका जिल्ला संयोजक विणा सिंहले ओरेकले आफ्नो स्थापना काल देखी नै वातावरण संरक्षण, वावावरण संरक्षणमा महिलाको नेतृत्व र वातावरणिय प्रभावहरुले महिलाको जिवनमा पारेको असरलाई न्युनिकरण गर्नका लागि अधिकारमुखि र न्यायको दृष्टिकोणबाट काम गर्दै आइरहेको र यस बारे विस्तृत रुपमा अवधारणा प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा प्रदेश सांसद रानी शर्मा तिवारी , अभिराम शर्मा , रमीता प्रधान , जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कणर्, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, एस.पी प्रकाश मल्ल , वन तथा वातावरण मन्त्रालयका मधेश प्रदेशका सचिवका र महिला मानव अधिकार रक्षक संजाल महोत्तरी,महिला समुह, महिला कृषक समुह, किशोरी समुह , युवा अभियन्ता, पत्राकार , लगातय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै गरि मठिहानी नगरपालिकाको आयोजनामा र महिला पुर्नस्थापना केन्द्र (ओरेक) महोत्तरीको र डिभिजन वन कार्यालय महोत्तरीको समन्वयमा उपप्रमुख मन्जु देवी साह को अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शिवशंकर राय, योजना शाखा प्रमुख राजेश शर्मा , कृषि शाखा प्रमुख टंक प्रसाद उपाध्धय , वडा सदस्य, कार्यपालिका सदस्य, महिला समुह, किशोरी समुह , कृषक महिला समुह , समाजसेवी , समाजका अगुवा व्यक्तिहरुको संलगन्तामा पालिकाको सभा हलमा ईको भिलेजका सुचकहरु सम्बन्धी छलफल र मठिहानी नगरपालिका वडा नं. १ सानो धिरापुरमा प्रत्येक घर जडीबुटी अभियान अन्र्तगत
निम,अमला, हर्रोबर्रौ,तेजपात,बेल,सर्पगन्धा,सत्तावरी,बकाइनो, अर्जुना,जामुन लगायतका जडीबुटीका विरुवा रोपेर ५१ औं विश्व वातावरण दिवस विभिन्न नारा साथ भव्यरुपमा दिवस मानाईएको छ ।

 

 

२०८० जेष्ठ २२, सोमबार २१:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय