

काठमाडौं।
काठमाडौंको माइतीघर मण्डलामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ ।
आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पुरुषले आत्मदाह प्रयास गरेपछि माइतीघर मण्डलामा आन्दोलन थप चर्किएको छ ।