
रोशन कुमार महतो
बर्दिबास : महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा दाईजोमा भैंसी नदिएको भन्दै एकजना महिलाको हत्या भएको छ । मंगलबार राति श्रीमान र परिवारकै मिलोमतोमा हत्या भएको हो ।
दाइजोमा भैंसी नदिएको विषयमा २२ वर्षीया नुरसाब खातुनको हत्या भएको माइती पक्षको आरोप छ । दुईवर्ष अगाडि मृतक खातुनको समाजिक रीतिरिवाज अनुसार विवाह भएको थियो ।
‘विवाहमा केटा पक्षले मागेको अनुसारमा हामीले दाईजो दियौं । दाईजो दिने हाम्रो आट थिएन, तर पनि छोरीका लागि सबै गाउँले मिलेर दाईजोका लागि चन्दा संकलन गरें,’ मृतककी आमाले भनिन् ।
विवाह भएको दुईवर्ष पछि फेरि भैंसी ससुरा पक्षले मागेको उनेले बताइन् । ‘म एकल महिलालाई खाने ठेगान छैन कहाँबाट भैंसी दिनु, मृतक खातुनकी आमाले भैंसी किन्ने आट आएन । अनि मेरी छोरीलाइे हत्या गरियो ।’
श्रीमान फरमुद नदाफ र नन्द रकिमा नदाफको परिवारले नुरसबालाई पटकपटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप उनले लगाइन् ।
‘नुरसवाका छिमेकीले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा खातुनको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो’, हजुबुबा भोला नदफले भने । कुटपिटपछि मृत्यु भएकी नातिनिलाई झुण्ड्याइएको कि विस खुवाएको होकी भनी थाह पायो ।
नुरसवालाइृ पटक पटक दाईजो कै कारणले मानसिक तथा शारीरिक यातना दिएको र कबुल गएिको भैसी नदिएको कारणले उनलाई हत्या गरिएको स्थानिहरुले बताए । छोरीका लागि सबै गाँउले मिलेर दाईजोका लागि चन्दा संकलन गरि विवाह गराइएको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नुरसवाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरले बताए ।
मृत्कको श्रीमानलाई कर्तव्य ज्यानमा मुर्दा दर्ता गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय गौशालाले बताए । ‘मृत्ककी हजुर बुवा भोला नदाफका अनुसार, जब मेरी नातीनीलई हत्या गरियो अनि म जिल्ला प्रहरी कार्यलमा मुद्दा दता गर्न जादा सुरुमा मुद्दा दर्ता गर्न मानेन प्रहरीले पछि विभिन्न ठाउँ बाट दवाव आएपछि मैले तिन जनाको नाम किटान गरी राखेको थियो ।
अनि प्रहरीले मलाई भनियो, यसमा तीनजनाको नाम हाल्न मिल्दैन एकजनाको नाम राख्नुस भने पछि मलाई प्रहरीमाथि पनि शंका लाग्न थालियो ।’