
काठमाडौं: काठमाडौंबाट धनगढी उडेकाे श्री एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण काठमाडौं नै फर्किएको छ।
शनिबार अपरान्ह ३ बजेर ३३ मिनेट जाँदा काठमाडौं विमानस्थलबाट उडेको श्री २२५ उडान नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि फर्काइएकाे जनाइएको छ।
अवतरणपछि साे जहाज काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको र तानेर पार्किङ वेमा लगिएको विमानस्थल स्राेतले जनाएकाे छ।