
बर्दिबास : नेकपा एमालेले मधेशमा सङ्गठनात्मक गतिविधि तिब्र बनाएको छ । एमाले मधेश प्रदेश कमिटीको आज सोमबार महोत्तरीमा सम्पन्न पूणर् बैठकले पार्टीका विभाग र संयन्त्रहरुलाई पूणर्ता दिदै प्रदेश अधिवेशनको आयोजना गरिने निणर्य गरेको छ । प्रदेशको सम्पन्न पूणर् बैठकले आगामी असोज ५ र ६ गते मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको प्रदेश प्रचार विभागले जनाएको हो ।
“आगामी असोज ५ र ६ गते पार्टीको मधेश प्रदेश अधिवेशन आयोजना गरिने निणर्य भएको छ” बैठकका निणर्यबारे जानकारी दिदै सो दलको प्रदेश प्रचार विभाग प्रमुख सोम शर्माले भन्नुभयो, “हामीले यो आसन्न प्रदेश अधिवेशनबाट मधेशलाई एमाले किल्ला बनाउने सङ्कल्प लिएका छौं ।” तालिकामा पार्टी गतिविधि तिब्र बनाएको एमालेले असारको दोस्रो साताको प्रारम्भमै जनवर्गीय सङ्गठन संयन्त्र समन्वय विभाग र प्रचार विभागको प्रदेश स्तरीय भेला सम्पन्न गरीसकेको छ ।
बैठकले असार मसान्तभित्र सबै विभाग र संयन्त्रहरुलाई पूणर्ता दिने र पार्टी सदस्यहरुको प्रामाणिक अभिलेख दुरुस्त गरीसक्ने निणर्य गरेको छ । अहिले नै मधेशमा प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो पार्टी रहेको एमालेले ‘मिसन-८४’ मा केन्द्रित भई पूणर् बहुमतको सरकार बनाउने गरी सङ्गठनात्मक गतिविधि बढाइने जनाएको छ ।
सम्पन्न प्रदेश बैठकले समसामयिक प्रस्ताव पारित गर्दै अहिले सघन खेतीका बेला किसानलाई बीउ/ मलको समुचित प्रबन्धका लागि सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी यसअघिको हावाहुरीबाट भएको क्षतिबारे सरकारको उदासिनताको आलोचना गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्तिको प्रबन्ध गर्न बैठकले सम्बद्धपक्षसँग माग गरेको प्रचार विभाग प्रमुख शर्माले जानकारी दिनुभयो ।
यसैगरी बैठकले सघन वर्षा सुरु हुनअघि नै बाढीबाट हुने डुवान/कटान रोक्न पूर्वतयारी गरिन पर्ने, जग्गाधनी प्रमाणपूर्जा नपाएका सुकुम्बासीलाई तत्काल क्लालपूर्जा उपलब्ध गराउन पर्ने र मधेशमा बढ्दो छोरी हिंसाका घटना र जातीय विभेदका घटना निरुत्साहित गरिन पर्ने माग गरेको छ ।
सम्पन्न बैठकले सङ्घीय सरकारे पूर्ववर्ती एमाले नेतृत्वको सरकारले सुरु गरेका मधेशका विकास योजनाहरु कटौति गरेर जनविरोधी चरित्र देखाएको निष्कर्ष निकाल्दै बजेटमा भएको यो खेलबाडप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, मधेशबाट स्थायी कमिटी, पोल्युटव्युरो र केन्द्रीय कमिटीमा रहनु भएका नेताहरु तथा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको प्रचार विभागले जनाएको छ ।