काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन ।

अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतबार साँझ टविट गरे पछि साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन ।

काठमाडौँका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,

‘आज एउटा विशेष दिन,

आजबाट म तारिखमा छु,

भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै ,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा ।

म आज बाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाङले ट्विटरमा जवाफ दिँदै लेखे,

‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौँ ।’


२०८० असार २५, सोमबार ११:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय