जनकपुरधाम : गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले वर्षभरी आराम र अषाढ मसान्त कामको परिपार्टीले स्थानीय, प्रदेश र संघीय सरकारमाथि विकासको सवालमा प्रश्न चिन्ह खडा गरेकी छिन् । महोत्तरी स्थित गौशाला नगरपालिकाकी उपमेयर महतोले अषाढको अन्तिम साता, भुक्तानीको अन्तिम दिनसम्म काम गरेर विना अनुगमन, गुणस्तरहिन, कमसल कामको गरेर हत्तार हत्तारमा भुक्तानी दिनु नियम, विधि र प्रक्रियाको धज्जी मिच्नु सरहरको रहेको प्रतिक्रिया दिएकी छिन् ।

उनले समाजिक सञ्जाल फेसबुक मार्फत कर्मचारीलाई ईकित गर्दै भनेकी छिन, ‘गौशाला नगरपालिकाको केही कर्मचारीलाई हेक्का छ कि नाई काम आषाढ भन्दा पहिला सक्नुपर्छ भन्ने, वर्ष भरि सुतेर बस्ने र आषाढ २३ गते राति ढलान गर्ने २४ गते अनुगमन गर्नुपर्ने र कागज मिलाएर मिलोमतोमा भुक्तानी गर्नुपर्ने यही नियम र पद्धिति कि ? अषाढ पहिले काम सकाएका उपभोक्ता समितिलाई पनि अषाढ २४ को भुक्तानी दिन र हत्तार हत्तारमा अषाढ २४ गते सकिएको कामलाई समेत २४ गते नै भुक्तानी दिनु विधि र प्रत्रियाको बर्खिलाप हो ।’

‘जसले समयमै काम सकाए उनीहरुलाई कर्मचारीले दुःख दिनुपर्ने कुनै कारण छ की ? सेवाग्राही १० देखि ५ बजेसम्म नगरपालिकामा आउँदा कर्मचारी नभेट्नु तर साँझ ५ बजे देखि रातीको १२ बजेसम्म नगरपालिकामा बस्नुको नियत के हो ? उपमेयर महतोले प्रश्न गर्दै भनेकी छिन, ‘कर्मचारीले नगरपालिका भन्दा बाहिर कार्यालय चलाउनुको कुनै कारण त सबैलाई थाहा होला नि, हैन र ?’

किसानको खेतमा गाडिएको डिप बोरिङ्गमा जडान गर्नुपर्ने विद्युत मिटर किन जोडिएन, बोरिङ्ग मोटर किन जडान हुन दिईएन भन्ने प्रश्न गर्दै भनेकी छिन, ‘किसान पनि कुनै पार्टीको हुन्छ र ? किसानलाई खेतमा पानी दिनुपर्ने ठाउँमा मिटर जडानको फाइल चोरी गर्ने कुन जनप्रतिनिधि र कर्मचारी हो ? डिप बोरिङको मिटर जडान न गरेर रकम फ्रिज गर्नुको नियत के हो ? बजार र सडकबत्तीको रकम फ्रिज गर्नुपर्ने कारण के हो ? नगरभित्र सबै सिसिटिभि बन्द गर्न लगाउनु कस्तो बाध्यता आईपर्‍यो ? यसले अपराध बढ्छ कि घट्छ ? चोर-चोर मसियौत भाई भन्ने कहानी यसै बाट प्रष्ट हुन्छ ।’
उनले बिर्ताटोल र गौशाला बजारको नाला सफा गर्न मैले दिएको निर्देशन कसले र किन रोक्यो ? यस बारेमा कुनै पत्रकारले आज सम्म बोलेको छैन ? म आम नगरबासीसंग प्रश्न गर्न चाहन्छु ।

अषाढ २४ गते भुक्तानीको अन्तिम कसरत भईरहदा उनले कमअसल तथा कमिशनको चलखेलमा भएको काम र भुक्तानी प्रक्रिया रोकेको जनाउँदै भनेकी छिन, ‘नगरपालिकाको बेथितिको बारे कसैलाई चिन्ता छ । कमसल निर्माण र कागज मिलाउने खेल आज ४ बजे बाट रोकेको छु । पटक पटक कर्मचारीलाई फोन गरेर अनुगमन गरेको फाइल लिएर आउन भन्दा न आएपछि केही गडबड छ भनेर मैले रोकेको गलत प्रकृया र असरल नियतलाई हो । असल काम गर्नेलाई धन्यवाद ।’

गौशाला नगरपालीकाको कर्मचारीहरुले उपमेयरले भुक्तानीको फाईल रोकेको विज्ञप्ति निकालेपछि उनले त्यसको प्रष्टिकरण दिदै भनेकी छिन, ‘असल नियतले गरेको कामको फाईल मैले १ मिनट पनि रोकेको छैन । यो सबै नगरवासीको जिम्मा छोडेको छु, गलत गर्ने लाई म गलत नै भन्छु ।’

अन्नपूणर्संगको प्रश्नको उनले सरकारको निति कार्यक्रम कागजमै सिमित भएको बताईन् । उनले भनिन, ‘श्रावण देखि बैशाख सम्म निदाउँछ, जेष्ठमा बजेट आउछ, अषाढमा काम र वर्षासगै हुन्छ अनि श्रावणमा योजना पासहुन्छ, भदौ भित्रमा सबै भत्किन्छ कस्तो बिडम्बनाको ३ तहको सरकार अनि जनप्रतिनिधी ! विकासको नाममा पेटभर्ने काम मात्र भयो ।’

२०८० असार २५, सोमबार १६:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय