
जनकपुरधाम : मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले ८ जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई विपद् व्यवस्थापनका लागि रु ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । विपद् सम्बन्धी अति आवश्यक सामग्रीहरु खरिदका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला प्रशासन कार्यालयलाई पाँच लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको हो ।
मधेश सरकारले प्रदेश मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत वर्षातको मौसममा बाढी, डुबान, कटान, चटयाड्ड लगायत घटनाबाट हुन सक्ने क्षति न्यूनिकरण, राहत तथा उद्धार तादरुकत्ता दिने समेत निर्णय गरेको हो । जस अन्तर्गत नेपाली सेना, मधेश प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बललाई राहत सामग्री उपलब्ध गराउने भएको हो ।
मधेश प्रदेशमा हाल देखिएको लम्पि स्किन रोग नियन्त्रणका लागि समेत ७७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । जसमा मधेश सरकारको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सो रकम उपलब्ध गराउने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सचिव उमेश ढकालले अन्नपूर्णलाई जानकारी गराएका छन् ।
साथै नेपाल रेडक्रस सोसाईटी, गैरसरकारी संस्था, यूएन एजेन्सीलाई राहत सामग्री तयारी अवस्थामा राख्ने निर्देशन समेत दिएको छ । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकबाट प्रदेश स्वास्थ्य मन्त्रालयले औषधि सहितको स्वास्थ्य उपचार व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यसैगरी खानेपानी मन्त्रालय शुद्ध खानेपानी एवं पर्याप्त व्यवस्था मिलाउन तया।ी अवस्थामा राख्न रेडक्रस, यूनिसेफ, यूएन, सेभ द चिल्डेन, प्लान ईन्टरनेशनल, वल्र्ड भिजन लगायतका संस्थालाई सहयोग गर्ने निर्णय भएको सचिव ढकालले जानकारी दिए ।