सर्लाही : बैंकमा भत्ता लिन बसेका एक बृद्धको लाइनमै मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दी स्थित महालक्ष्मी बैंकमा बृद्ध भाता लिन पुगेका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लालबन्दी न.पा. -५, रन्जितपुर निवाशी ७१ वार्षिय भोला बि.क रहेको प्रहरीले बताए ।

प्रहरी भनाइको अनुसार दिउँसो लाइनमा बसेका बि.क गर्मिका कारण अचानक ढलेपछी तत्कालै उनलाई उपचारका लागि गाउँमैत्री अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतक बि.क को शव पोस्टमार्टमका लागि पठाइएको र घट्ना बारे थप अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक अच्युत गिरिले बताए।

२०८० श्रावण ७, आईतवार २०:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय