सर्लाही : मोटरसाइकलको ठक्करबाट बाख्रा चराउन गएकि एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको पर्सा गाउँपालिका -४ जिगंडवामा आज बिहान करिब ९ बजे तिर पहिचान खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिदा बाख्रा चराउन गएकि १० बर्षिय बालिकाको घटनास्थलमै मृत्यू भएको सग्राम्पुर बि.ओ.पि.शस्त्रबल सुरक्षा चौकिले बताएको छ ।

जिगंडवा बाट संग्राम्पुर तिर तिब्र गतिमा गइरहेको मोटरसाइकलले पर्सा गाउपालिका–४ जिगंडवा बस्ने हरि बिरेन्द्र पासवान को १० वार्षिय छोरी मनिषा कुमारी पासवानलाई शस्त्र कैम्प देखि तिन चार सय मिटर उत्तर रहेको इटा भटा अगाडी ठक्कर दिदाँ बालिकाको घटनास्थलमै मृत्यू भएको प्रहरीले बताए ।

बिहानको समय रहेकोले बाटोमा कम ओहर दोहर भएको कारण अपराधी उम्किन सफल भएको र प्रत्यक्षर्दशीहरुले बताएको हुलिया अनुसार पसलहरुमा लगाएको सिसिटिभी क्यामराहरुमा पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।
बालिकाको सव अहिले पोस्टमार्डमको लागी जिल्ला अस्पतालमा राखिएको छ ।

२०८० श्रावण १०, बुधबार १८:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय