महोत्तरी : महोत्तरीस्थित एनएमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाइ प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ । १६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ पैसा चोरी गरेर फरार भएका मध्यका एक जना भारतियलाइ प्रहरीले पक्राउ गरेको हो ।

बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाको २० बर्षीय अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झण्डै ४,५ जनाको समुहमा आएका नकावधारी समुहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रुपैया सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।

त्यसयता विभिन्न माध्यमवाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछी निक्कै आलोचना समेत खेप्नुपर्‍यो ।पक्राउ परेका उन्लाई मुकुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी सिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भैइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

२०८० श्रावण ११, बिहीबार ०९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय