
महोत्तरी : मधेशमा इस्लाम परम्पराको मुहर्रम पर्वको उल्लास छ । इस्लाम परम्पराको हिजरी पात्रो (सम्वत्) अनुसार मुहर्रम महिनाको १०/११ तरिखमा धर्म प्रचारक हशन र हुसैनको बलिदानी सम्झदै मुहर्रम पर्व मनाउने परम्परा छ ।
इस्लाम धर्म प्रवर्तक हजरत मोहम्मदका नाति हशन र हुसैनलाई सउदी अरबको करबल्लाको मैदानमा आततायीहरुले हत्या गरेका घटनालाई उहाँ दुबैको बलिदानी सम्झेर यो पर्व मनाउने परम्परा चलेको बताइन्छ । पर्वमा हशन र हुसैनको प्रतिकात्मक तजिया (दाहा) बनाएर इस्लाम धर्मावलम्बी खुला चौरमा लाठी भाला नचाउँदै सत्य र न्यायको पक्षमा उभिन जस्तोसुकै कठिन लडाइँ लड्ने सङ्कल्प गर्दछन् ।
यो पर्वका अवसरमा महोत्तरीसहितका मधेशका ठाउँठाउँमा ठूलठूला दाहा बनेर मेला आयोजना गरिएका छन् । पर्वका अवसरमा लाठी र भालाको खेलको कौशल देखाउने युवाहरुलाई जलेश्वर नगरपालिकाका उपप्रमुख रुक्साना खातुनले नेपालको राष्ट्रिय झण्डा अङ्कित भेष्ट प्रदान गर्नु भएको छ । महोत्तरीका दर्जनौ ठाउँमा आज दाहा मेला आयोजना गरिएका छन् ।