
सर्लाही : सर्लाहीको गोडैता नगरपालिका-१०, सिसौटियामा आज एक बालिकाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा गोडैता नगरपालिका-१०, सिसौटिया निवासी राम प्रवेश महतोकी १३ बर्षिय छोरी नेहा कुमारी रहेको प्रहरीले बताए
नेहा बिहानको समयमा घुँगी टिप्न जाँदै गर्दा उक्त खाल्डोमा परि मृत्यु भएको हो। डुबेको देखे पछि स्थानीयले खाल्डोबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए।
अहिले नेहा बालिकाकि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए ।