काठमाडौं : माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ।

आज (बुधबार) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यस्तो दाबी गरेका हुन्।

प्रचण्डको दाबीअनुसार माओवादी केन्द्रका सदस्य बागमतीमा १ लाख ४७ हजार ३५३, मधेसमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना छन्।

त्यसैगरी सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको पनि उनले बताए।

दाहालले सबै जातीय मोर्चाले आफ्नो समुदायको जनसंख्या कम्तीमा १० प्रतिशतलाई संगठित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

२०८० श्रावण १७, बुधबार १५:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय