मटिहानी (महोत्तरी) । लगातार लामो खडेरीका बेला किसानलाई कामसँग जोडी राख्न महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कृषिसम्बद्ध बिभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । पानी नपरेर धानबाली लगाउन नपाएका किसानलाई वैकल्पिक खेतीमा लाग्न नगर कार्यपालिकाले कृषिसम्बद्ध बिभिन्न कार्यक्रमको सहयोग निरन्तर बढाएको हो ।

पछिल्लो एक महिनादेखि मटिहानीका किसानलाई नगरपालिकाले प्रति परिवार दुई/दुई ओटा आँपको बिरुवा उपलब्ध गराउँदै आएको छ । पानी नपर्दा मुख्य बाली धान लगाउन नपाएका किसानलाई फलपूmल खेतीमा उत्प्रेरित गर्न उन्नत जातका आँपका बिरुवा वितरण थालिएको नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरपालिकाले समानको परिमाणभन्दा पनि किसानलाई आफ्नो जनप््तिनिधिमूलक संस्था (नगरपालिका) सँगै रहेको महसुस गराउन निरन्तर किसानसम्बद्ध कार्यक्रम सञ्चालन गर्दै आइएको मण्डलको भनाइ छ ।

नगर कार्यपालिकाको कार्यालयको कृषि प्रबद्र्धन शाखाले नगरक्षेत्रभित्रका पाँच हजार ५०० परिवारलाई ११ हजार बिरुवा वितरण थालिएको जनाएको छ । पानीबेगर धान रोपाइँ हुन नसकेका बेला सामान्य चिस्यानमा गर्न सकिने फलपूmल खेतीबारे चासो बढाउन यो कार्यक्रम थालिएको कृषि प्रबद्र्धन शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले जानकारी दिनुभयो । फलपूmल खेतीमा चासो बढाउनसँगै यो कार्यले हरियाली प्रबद्र्धनमा समेत सघाउ हुने कृषि प्रबद्र्धन शाखाको ठम्याइ छ ।

यसैगरी नगर कार्यपालिकाको कृषि प्रबद्र्धन शाखाले सामान्य चिस्यानमै गर्न सकिने तरकारीबालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी-६ का ४० जना तरकारीखेतीका किसानलाई पछिल्लो एक महिनाभित्रै कृषि ज्यावल र साना यन्त्र वितरण गरी सकेको छ । यो कार्यक्रमअन्तर्गत सिंचाइ प्रयोजनको मोटर (बोरिङ्ग, इनार, पोखरीबाट पानी तान्न), सिंचाइ प्रयोजनकै डेलिभरी पाइप , औषधी छर्कने स्प्रे टङ्की, गटोर स्प्रे, कोदालो, जैविक मल र भदौरे तरकारीको बीउसहित रहेका शाखा प्रमुख उपाध्याय बताउनुहुन्छ ।

यस्तै एक साता पहिलेमात्र साना किसानलाई अनुदानमा पावर टिलर , मिनी टिलर लगायतका प्रविधि वितरण गरिएको छ । मटिहानी-६ जिल्लामै तरकारी उत्पादनको पकेटक्षेत्र मानिदै आइएको छ । यहाँ २० हेक्टर क्षेत्रफलमा ४० परिवार किसानले व्यावसायिक रुपमै तरकारी खेती लगाउँदै आएका छन् । यहाँबाट बर्सेनि एक करोड मूल्यको तरकारी बिक्री हुने गरेको कृषि प्रबद्र्धन शाखा प्रमुख उपाध्यायको भनाइ छ ।

यसैगरी मटिहानी जिल्लामा मखानखेती (पोखरीको पानीमा गरिने खास फलविशेषको खेती) का लागि उर्वर मानिन्छ । कृषि प्रबद्र्धन शाखाले पछिल्लो एक महिनाभित्रै मखानखेतीमा लागेका १०० किसानलाई मखानको बजारीकरणका सहयोगी सामग्री वितरण गरेको थियो । यसभित्र मखान टिपेर थुप्य्राउन चाहिने त्रिपाल, मखान राख्न चाहिने पानी छानिने बोरा, हाते झोला र बोरा सिइने मसिनसहितका सामग्री पाइएको मखानखेतीका किसान मुसाफिर सहनी बताउनुहुन्छ ।

नगर कार्यपालिकाले पछिल्लो पटक कृषि तथा पशुमा आधारित साना किसान तथा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत ७० प्रतिशत नगरपालिका र ३० प्रतिशत मूल स्वावलम्बी समूहको योगदानमा ७३ लाखको सामग्री नगरक्षेत्रका २२ समूहमा आबद्ध किसानलाई समूहपिच्छे वितरण गरिएको छ । यसमा पावर टिलर १५ थान, मिनी टिलर आठ थान, थ्रेसर सात थान र चाप कटर ३५ थान उपलब्ध गराइएको कृषि प्रबद्र्धन शाखाले जनाएको छ ।

यसबाहेक अन्नबालीका सिजनमा पनि उन्नत बीउ, जैविक मल र कृषि ज्यावल प्रदान गरिएको कृषि प्रबद्र्धन शाखाले जनाएको छ ।

२०८० श्रावण २०, शनिबार २०:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय