सर्लाही : बाढीले बगाउदा दुई जनाको मृत्यु किसन साह श्रावण २३ गते (मंगलबार) फरक फरक नदिमा आएको बाढीले बगाउदा दुई जना बृद्धाको मृत्यु भएको छ ।

अबिर बर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाउँदा उक्त ब्याक्तीको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरका ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ। सर्लाही जिल्लाको बरहथवा नगरपालिका अन्तर्गत पर्ने खेतमा काम गर्न आएको र कामकाज सकिएर घर फर्किने क्रममा उनलाई नदीले बगाएको थियो।

भाटलाई बगाउँदै गर्दा स्थानीयवासीले उद्धार गरेका थिए। उद्धार पश्चात् बेहोस अबस्थामा रहेका भाटलाइ उपचारको लागि समनपुर स्थित एक स्वास्थ्य केन्द्रमा उपचार गर्न स्थानीयले लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रौतहटको चन्द्रपुर पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन त्यस्तै सर्लाही-महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ ।

सोमबार राति नै घर परिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साथै धनकौल गाउँपालिका-४ महिनाथपुरमा सय जना मानिस बाढीमा फसेका छन्। घाँस काट्न गएका स्थानीयहरू दुई नदीको बीचमा फसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षा निकाय घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन्।


२०८० श्रावण २३, मंगलवार २०:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय