
ममता अर्याल,
महोत्तरी : मधेश प्रदेशका आठै जिल्लामा एमाले प्रवेशको लहर चलेको छ । एमालेले पार्टीका पोल्युटब्युरो सदस्य सुमनराज प्याकुरेल र मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तलाई प्रदेशमा पाटी प्रवेशको संयोजनको जिम्मेवारी तोकेपछि मधेशका आठै जिल्लामा अहिले एमाले प्रवेशको लहर चलेको हो ।
गत बिहीबार सप्तरीबाट सुरु भएको यो लहरमा सिरहा, धनुषा हुँदै आज आइतबार महोत्तरीमा बिभिन्न पार्टीका नेताहरु एमाले प्रवेश गर्नुभएको छ । बर्दिबासमा आयोजित एक समारोहबीच आज नेकपा माओवादीकेन्द्रका प्रदेश समिति सदस्य जिवछ चौधरी, नेकपा समाजवादीका महिला नेतृ कमला वाइवा र साधुराम चांैंलागाँईले एमाले प्रवेशको घोषणा गर्नुभयो । तीनै जनालाई एमाले पोल्युटब्युरो सदस्य प्याकुरेल, केन्द्रीय सदस्यद्वय सरोज यादव र बुधनीदेवी महतो तथा प्रदेश उपाध्यक्ष रेवती पन्तलगायतका नेताले अबिर खादा लगाएर स्वागत गर्नुभयो ।
कार्यक्रममा प्रवेशीहरुले अबको मुलुकको नेतृत्व एमालेमात्रले गर्नसक्ने ठहरका साथ यो यात्रा सुदृढ बनाउने अभियानमा आपूmहरु समाहित भएको बताउनुभयो । “अब गाँठैगाँठाको गठबन्धनले मुलुक अघि बढ्न सक्दैन, माओवादीकेन्द्र नेतृत्व तश्कर र झेलीहरुको पेवा बन्यो”पार्टी प्रवेशपछि नेता जिवछ चौधरीले भन्नुभयो, “अब सुदृढ कम्युनिष्ट पार्टी निर्माणका लागि एमाले बलियो बनाउन पर्छ ।” चौधरीसहित नेतृ वाइवा र चौंलागाँईले गठबन्धन दोकानबाट आन्दोलन अघि नबढ्ने हुँदा सम्विधान र लोकतन्त्रको सुदृढिकरणसँगै समाजवादी यात्रा अघि बढाउन माओवादीकेन्द्र र एकीकृत समाजवादीमा अलमलिएका साथीलाई एमाले प्रवेशका लागि अपिल गर्नुभयो ।
कार्यक्रममा एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले सप्तरीबाट सुरु भएको पछिल्लो अभियानको एमाले प्रवेश गर्ने साथीलाई जिल्लाजिल्लामै स्वागत गर्दै वीरगञ्ज पुगिने जानकारी दिनुभयो ।
एमाले प्रवेश गरेका साथीलाई बिना कुनै भेदभाव योग्यता क्षमताका आधारमा जिम्मेवारी दिइने र सम्मान गर्ने कुरामा कमी नगरिने पोल्युटब्यरो सदस्य प्याकुरेलले प्रतिबद्धता जनाउनु भएको छ । यसपालि साउन अन्तिम साताभित्र प्रदेशका आठवटै जिल्लामा गरी बिभिन्न पार्टीका नेतृत्वदायी जिम्मेवारीमा रहेका १०० भन्दा बढी एमाले प्रवेश गर्ने एमाले प्रदेश सचिवालय सदस्य शङ्कर महतोको भनाइ छ ।
केही दिन पहिलेमात्र सर्लाहीका चिरपरिचित नेता एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेति आफ्ना एक सयभन्दा बढी सहयोगीसहित एमाले समाहित भइसक्नु भएको छ ।