
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान गरेको सर्वदलीय बैठक केही समयपछि सुरु हुँदैछ। राष्ट्रपति पौडेलले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान साढे ८ बजे बैठक बोलाएका छन्।
राष्ट्रपति पौडेलले एक महिनाअघि देखि संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए। तर, सोमबार राति नै दलहरुबीच सहमति भएपछि संसदको अवरोध भने हटिसकेको छ।
बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने दिने काम हुने बताइएको छ। सोमबार बेलुकाको सहमतिका विषय राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन्।