
बर्दिबास : होटल तथा पर्यटन ब्यवसायी संघ, महोत्तरीमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज आइतबार बर्दिबासमा सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गुञ्जबहादुर कार्की (गोपाल) नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको जिल्ला कार्यसमितिमा अमित बस्नेत, बलराम श्रेष्ठ र मीनबहादुर थापा क्रमशः प्रथम, द्वितीय र त्रितीय उपाध्यक्ष चयन हुनु भएको छ । त्यसैगरी नारायण घिमिरे महासचिब, परमेश्वर महतो सचिब, अमृत श्रेष्ठ सहसचिब, विमल भण्डारी कोषाध्यक्ष र धनेश्वर साह सहकोषाध्यक्ष चयन हुनुभएको निवर्तमान अध्यक्ष रेवन्त कार्की ‘सुदीप’ले जानकारी दिनुभयो ।
संघको जिल्ला कार्यसमितिमा आरती घिमिरे, कमला कोइराला, मीरा पराजुली , उमेश महतो, मुकेश साह, विनोद भण्डारी, विश्वास ढुङ्गेल, सन्तोस श्रेष्ठ, साविर हुसेन, रोशन कार्की , हर्कबहादुर दाहाल र ज्ञानु राउत सदस्य छानिनु भएको छ । संघको नयाँ निर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष दोस्रो मर्यादामा सदस्य रहने चलन छ ।
संघको पाँचौ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन आज आइतबार नै बिहान मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले एक भव्य समारोहबीच उद्घाटन गर्नु भएको हो । उद्घाटनसत्रमा प्रदेशसभा सदस्य शारदा थापा, जलेश्वर र बर्दिबासका नगरप्रमुख सुरेश साह सोनार र प्रल्हाद क्षत्रीसहितका वक्ताले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटनसत्रमा जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख र बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।