काठमाडौं : पहिलो पटक एसिया कप खेलिरहेको नेपालले बलियो भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।

श्रीलंकास्थित पेल्लेकल रंगशालामा टस हाररे पहिला ब्याटिङ गरेको नेपालका लागि आसिफ सेख र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले भारतलाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५८ रनको इनि««ङ खेले । उनले ९७ बलमा ८ चौका प्रहार गरे। आसिफले कुशल भुर्तेलसँग मिलेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए ।

यी दुईले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। आक्रामक ब्याटिङ गरेका कुशलले २५ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३८ रन बनाए।

यस्तै, आठौं नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामी अर्धशतक बनाउन २ रन मात्र चुके । मोहम्मद सामीको बलमा विकेटकिपर इशन किशनबाट क्याच आउट हुनुअघि उनले ५६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए।

यस्तै, दीपेन्द्रसिं ऐरीले २५ बलमा ३ चौका प्रहार गर्दै २९ रन बनाए। दीपेन्द्र र सोमपालले सातौं विकेटका लागि ५० रनको उत्कृष्ट साझेदारी गरे। गुल्सन झाले ३५ बलमा ३ चौका प्रहार गर्दै २३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले समान २ विकेट लिए। सिराजले ९.२ ओभरमा ६१ रन खर्चिए भने जडेजाले १० ओभरमा ४० रन खर्चिए। यस्तै, मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले पनि समान १ विकेट लिए।

२०८० भाद्र १८, सोमबार २०:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय