बर्दिबास : महाेत्तरीकाे बर्दिबास-१४ स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा २२ लाख ६८ हजार ७१२ नाफा कमाएकाे छ । आर्थिक वर्ष २०७९/०८० मा सहकारीले खुद नाफा याे रकम बनाएकाे हाे । संस्थाकाे आज शुक्रबार बर्दिबासमा सम्पन्न चाैथाे साधारणसभामा याे विवरण प्रस्तुत गरिएकाे हाे।

आर्थिक वर्ष २०७६/०७७ मा स्थापित याे सहकारीमा हाल एक हजार १९९ महिला र एक हजार ६६६ पुरुषगरी दुई हजार ८६५ सदस्य छन् । संस्थाकाे सेयर रकम एक कराेड ५८ लाख २८ हजार ६००, कूल बचत रकम नाै कराेड ५८लाख ६५ हजार ८२२ र लगानीमा रहेकाे कूल ऋण रकम १० कराेड ५५ लाख ३० हजार ४०४ रहेकाे सहकारीका सचिब विनाेद अधिकारीले प्रस्तुत गर्नुभएकाे प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी संस्थाकाे जगेडा तथा विभिन्न काेषमा ७८ लाख ९८ हजार ३०० र कूल दायित्व तथा सम्पति १४ कराेड एक लाख चार हजार १५९ रहेकाे उल्लेख छ ।

संस्थाकाे चाैथाे साधारणसभा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कस्तरी र संस्थाका अध्यक्ष उत्तमकुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

२०८० भाद्र २२, शुक्रबार १५:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय