
नेपालवाणी / असोज
मधेश प्रदेशमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फुटाएर तीन वटा मन्त्रालय बनाईएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फूटाएर तीन वटा सम्म मन्त्रालय बनाईएको हो । आर्थिक समस्याले जुद्धदै गरेको बेलामा सत्ताको भागवण्डामा मधेश प्रदेश सरकारले पनि मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पार्टीका सांसदको व्यवस्थापनका लागि मन्त्रालय फुटाएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री भए पनि लामो समयदेखि विना विभागीय मन्त्री रहेकी सुरिता कुमारी साहका लागि उनले मन्त्रालय फुटाएका हुन् । मुख्यमन्त्री यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्राएर शिक्षा र समाज कल्याण मन्त्रालय बनाएका छन् ।
जनमतका यादवले शिक्षा मन्त्रालय पाउनेछन् भने समाज कल्याण मन्त्रालय सुरिता कुमारी साह साहले जिम्मा पाएको छ । जनमत पार्टीका मन्त्री महेश यादवले नेतृत्व गरेको मन्त्रालय टुक्राएपछि जनमत र जसपा मतभेद देखिएपनि मन्त्रालय छोड्ने मुडमा जनमत छैन् ।
महोत्तरीको क्षेत्र नं. २ (ख) बाट वागी उम्मेदवार भई स्वतन्त्रबाट निर्वाचनमा विजयी साह लोसपाका नेता राजेन्द्र महतो निकट भएपनि चुनावको बेलामा विद्रोह गरेर स्वतन्त्रबाट निर्वाचित पछि साह जसपा प्रवेश गरेकी थिइन् । जसपामा प्रवेशलगत्तै उनलाई पार्टी प्रवेश गराएर सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएकी थिईन् । तर, कांग्रेस सरकारमा सहभागी भएपछि सत्ता समीकरण मिलाउन सामाजिक विकास मन्त्रालय टुक्र¥याएको हो ।
उक्त मन्त्रालय टुक्र¥याएर शिक्षा तथा समाज कल्याण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको थियो । उक्त मन्त्रालय टुक्राएपछि नयाँ बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसका वीरेन्द्र प्रसाद सिंहको जिम्मामा परेको थियो । त्यही बेला साह विना विभागीय बन्न पुगेकी थिइन् ।
मन्त्रालय टुक्र¥याएपछि मुख्यमन्त्री भारत भ्रमणमा लागेका छन् । सोहीकारण मधेश प्रदेशमा थप छलफल भने भएको छैन । अहिले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले निर्वाह गरिरहेका छन् । जनमत पार्टीले पाएको सामाजिक विकास मन्त्रालय गठबन्धनको व्यवस्थापनका नाममा तीन वटा भएका छन् ।
यससंगै मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारी विहीन अवस्थामा रहँदै आएकी सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिश अनुसार मन्त्रीपरिषद पुनर्गठन गर्दै उनलाई मन्त्रालयको जिम्मेबारी दिइएको हो ।
जनमतका मधेश यादवले सम्हाल्दै आएको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्रयाएर सुरिता साहलाई मन्त्रालयको जिम्मेबार दिइएको हो । अब यादवले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेबारी पाएको छ भने भने सुरिताले टुक्रयाएर बनाइएको खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेबारी पाएकी हुन् । मन्त्री साहले यस अघि नै शपथ ग्रहण गरिसकेकाले उनी एकै चोटी पदभार ग्रहण गर्नु हुने छ ।
मन्त्रीपरिषद पुनर्गठन गरिएसंगै मधेशमा मन्त्रालयको संख्या १३ पुगेको छ । संघीयता कार्यान्वयनसंगै सातवटा मन्त्रालयबाट काम थालेको सरकारले दोश्रो कार्यकालमा मन्त्रालयको संख्या बढाएर झण्डै दोब्बर बनाएको छ ।