जनकपुरधाम : टयाण्डी जनकपुरको आधिकारीक विक्रेतामा माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्स छनोट भएको छ ।

टयाण्डीले मधेश प्रदेशको आधिकारीक विक्रेतामा जनकपुरधाम शिवचोक स्थित माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्स छनोट गरेको हो ।
सुरक्षा युगको अग्रगामी छलाङ्गमा टयान्डीले एनालगबाट डिजिटलमा विश्वव्यापी सुरक्षा संक्रमणलाई मध्यनजर गर्दै ‘एके एक्शन, एनालग किलर’ को नारा मार्फत उच्च गुणस्तरीय र उन्नत प्रविधि सहित सिसिटिभीको उत्पादन, विक्रि वितरण र जडानको कार्य गरिरहेको काठमाण्डौंका लागि विड म्यानेजमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक दिवस भण्डारीले जानकारी दिए । उनले भने, ‘कम लागत र प्रयोग गर्न सजिलो भएको कारण एनालग उत्पादन अन्तर्गत डिजिटल युगको लहर महत्वपूणर् बजार ओगटने हाम्रो लक्ष्य छ ।’

मधेशका लागि अधिकारी विक्रेताको रुपमा छनोट भएको माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्सका प्रमुख अजय चौधरीले सबैभन्दा उन्नत प्रविधिको प्रयोग गरेर बनाईएकोले राम्रो आवाज, फराकिलो डायनामिक गुणस्तरीयता भएको सिसिटिभी क्यामरा भएको दाबी गरे । उनले भने, ‘आईसी डिजाइन, साधारण नेटवर्क केबल मार्फत सजिलै सञ्चालन गर्न सकिने, प्रमाणिकताको हिसाबमा प्रष्ट अडियो र भिडियो रेकर्डिङ हासिल गर्न यसले महत्वपूणर् सहयोग गर्छ । अर्कोतर्फ कुनै असामान्यता आएमा सिसिटिभीको प्रविधिले समयमै मोबाइल फोनमा सूचनाहरु सम्प्रेशन गर्ने विशेषता छ ।’

बजारमा अन्य कम्पनीको सिसिटिभी बजारको मुल्य भन्दा सस्तो तर गुणस्तरीयताको सवालामा कटिबद्ध टियाण्डी रहेको माँ जानकीका प्रमुख चौधरीको भनाई छ । उनले थप्दै भने, ‘क्यामेरा डाटा सुरक्षामा अहिलेको समयमा धेरै जोखिमपूणर् छ । त्यसलाई मध्यनजर गरेर प्रयोगकर्ता र डेटा सुरक्षा व्यवस्थापनमा टियाण्डी सुधार सहित प्रयोगकर्ताको गोपनीयताको सुरक्षामा धेरै महत्वपूणर् भूमिका खेल्छ ।’

टियाण्डीको आशा र विश्वास छ, की विश्वव्यापी सुरक्षा परिदृश्यमा यो एउटा कोसेढुङ्गा सावित हुनेछ । यसको उत्पादनले भविष्यमा विश्वव्यापी सुरक्षाको दृष्टिमा स्मार्ट, थप प्रभावकारी र सुरक्षित सुरक्षा हुने विश्वास राख्ने गरेको छ । २०२२ ग्लोबल सेक्युरिटी टप ५० लिस्ट तालिकाको टियाण्डी टेक्नोलोजी कम्पनी लिमिटेडले उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल सेक्युरिटी टप १० मध्ये ७ औं स्थानमा छ ।

‘भिजन फर द वर्ल्ड’ लाई आफ्नो मिशनको रुपमा लिएर टियाण्डीले स्थानीयकरण हासिल गर्न विदेशमा पूणर् रूपमा विकसित अन्तर्राष्ट्रिय मार्केटिङ प्रणाली र स्थानीय सेवा संस्थाहरु स्थापना गरेको छ । जसअन्तर्गत जनकपुरधाममा माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्स हो । बलियो वैज्ञानिक अनुसन्धान बल, सटीक उत्पादन स्थिति, स्थिर मार्केटिङ नेटवर्क र उच्च गुणस्तरको प्राविधिक सेवाको साथ, टियाण्डीले विदेशी बजार र ग्राहकहरूको विश्वव्यापी मान्यता जितेको छ । यसको उत्पादन र प्रविधिहरु विश्वभरका ६० भन्दा बढी देशहरु र क्षेत्रहरुमा निर्यात फलतापूर्वक गरिरहेको छ ।

टियान्डीले गुणस्तरीय उत्कृष्टता र ग्राहक समर्पणमा जोड दिने, मौलिक उद्देश्य र मिशनलाई दिमागमा राख्ने, स्वतन्त्र नवप्रवर्तन क्षमतालाई निरन्तर सुधार गर्ने उदेश्यका साथ अघि बढीरहेको मुख्य प्राविधिक विजय चौधरीले जानकारी दिए ।


२०८० आश्विन २८, आईतवार २३:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु